Ezekiel 16:63 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैँले गरेका सबै अधर्महरू म क्षमा गर्नेछु तर तैँले ती सम्‍झनेछस् र लाजले आफ्‍नो मुख खोल्‍न सक्‍नेछैनस्।” सार्वभौम परमप्रभु बोल्‍नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तैंले गरेका सबै कामका निम्‍ति म प्रायश्‍चित गर्छु, तब तैंले सम्‍झनेछस्, र तँ लज्‍जित हुनेछस्, अनि तेरो अपमानित अवस्‍थाको कारणले तैंले आफ्‍नो मुख फेरि कहिल्‍यै उघार्नेछैनस्, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तैँले गरेका सबै घृणित कामहरूका निम्ति म क्षमा गर्नेछु, तब तैँले आफ्नो पाप सम्झनेछेस्, र तँ लज्जित हुनेछेस्; अनि आफ्नो अपमानको कारण तैँले आफ्नो मुख कहिल्यै खोल्नेछैनस्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ”
Nepali ERV (पवित्र बाइबल)
तिमीले गरेका ती सबै नराम्रा कर्महरूको निम्ति मैले क्षमा दिएँ। अब तिमीले त्यो सम्झना गर्ने छौ अनि लज्जित हुनेछौ। तिमीले केही पनि भन्न सक्ने छैनौ।” परमप्रभु मेरो मालिकले ती सबै कुराहरू भन्नुभयो।