Ezekiel 16:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले तँलाई एउटा सप्रेको बोटझैँ बढाएँ। तँ बढेर अग्ली, बलियो र मस्त तरुणी भइस्। तेरा स्तन बनिए, तेरो केश लामो भयो तर तँ नाङ्गै थिइस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मैदानको बोटजस्तै मैले तँलाई बढ्न लगाएँ। अनि तँ बढ़ेर ठूलो भइस्, र सबैभन्दा सुन्दर रत्न भएर तँ तरुणी भइस्। तेरा स्तन पनि बनिए, र तेरो कपाल लामो भयो, तँ, जो अघि नाङ्गै र वस्त्रविहीन थिइस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तँलाई खेतको बोटबिरुवाजस्तै बढ्न दिएँ। तँ बढिस्, हुर्किस् र युवावस्थामा प्रवेश गरिस्। तेरा स्तनहरू बढे र तेरो केश लामो भयो, तर पनि तँ पूरै नाङ्गै थिइस्।
Nepali ERV (पवित्र बाइबल)
मैले तिमीलाई खेतमा बिरूवा सियारे जस्तै सेवा गरेर बढाएँ। तिमी बढ्दै गयौ। तिमी जवान स्त्री बनियौ, तिम्रो मासिक-धर्म आरम्भ भयो, तिम्रो स्तन बढ्यो, तिम्रो कपाल बढ्न थाल्यो। तर त्यसबेला सम्म तिमी वस्त्रहीन र नाङ्गै थियौ।