Ezekiel 16:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म फेरि तेरो छेउबाट भएर जाँदा तेरो प्रेम गर्ने उमेर पुगेको देखें। मैले तेरो नाङ्गो शरीर मेरो लबेदाले ढाकिदिएँ र तँलाई प्रेम गर्न प्रतिज्ञा गरें। साँच्‍चै, मैले तँसित बिहेको वाचा बाँधें र तँ मेरी भइस्।” सार्वभौम परमप्रभु यसो भन्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘त्‍यसपछि म तेरो छेउबाट भएर जाँदा मैले तँलाई प्रेम गर्ने अवस्‍थामा पुगेकी देखें। तब मैले मेरो वस्‍त्रको छेउ तँमाथि ओढ़ाएर तेरो नग्‍नता ढाकिदिएँ। मैले तँसित बाचा बाँधें र करार पनि गरें, र तँ मेरो भइस्, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘त्यसपछि म छेउबाट भएर जाँदा, जब मैले तँलाई हेरेँ, र तँलाई देखेँ; तँ प्रेम गर्ने उमेरको भएको थिइस्। मैले मेरो लुगाको एउटा किनार तँमाथि फैलाइदिएँ र तेरो नग्नता ढाकिदिएँ। अनि मैले तँसँग शपथ खाएँ, र तँलाई करारमा बाँधेँ; तब तँ मेरी भइस्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
मैले तिमी प्रति दृष्टि घुमाएँ। मैले देखें तिमी प्रेमको लागि तयार थियौ। यसकारण मैले तिमीलाई लुगा लगाई दिएँ अनि तिम्रो नग्नता छोपिदिएँ। मैले तिमीसित विवाह गर्ने वचन दिएँ। मैले तिमीसँग वाचा बाँधे र शपथ खाएँ अनि तिमी मेरी भयौ।”‘ परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।