Ezekiel 17:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यी बागीहरूलाई सोध्, ‘के तिनीहरू यस उखानको अर्थ जान्दछन्?’ तिनीहरूलाई भन् कि बेबिलोनका राजा यरूशलेममा आयो र त्यहाँका राजा र भारदारहरूलाई कैद गरी आफूसित बेबिलोनमा लिएर गयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यस बागी घरानालाई भन्, ‘के तिमीहरू यी कुराको अर्थ के हो, सो जान्दैनौ?’ तिनीहरूलाई भन्: बेबिलोनको राजा यरूशलेममा गयो, र त्यसका राजा र भारदारहरूलाई आफूसँग बेबिलोनमा ल्यायो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यी विद्रोही मानिसहरूलाई भन्, ‘यस कुराहरूको अर्थ के हो, के तिमीहरू जान्दैनौ?’ तिनीहरूलाई भन्: ‘बेबिलोनको राजा नबूकदनेसर यरूशलेममा गयो; अनि त्यहाँका राजा र राजकीय व्यक्तिहरूलाई कैद गरी तिनीहरूलाई आफूसँग बेबिलोनमा ल्यायो।
Nepali ERV (पवित्र बाइबल)
“यो कुराको व्याख्या इस्राएलका मानिसहरूको बीचमा गर, तिनीहरू सधैं मेरो विरूद्धमा जान्छन्। तिनीहरूलाई यो भन, पहिलो गरूड (नबूकदनेस्सर) बाबेलको राजा हो। उ यरूशलेममा आयो अनि राजा तथा अन्य प्रमुखहरूलाई लिएर गयो। उसले तिनीहरूलाई बाबेल लिएर आयो।