Ezekiel 17:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[13-14] उसले राजाको वंशबाट एउटा व्‍यक्ति लिएर सन्‍धि गर्‍यो र आफूप्रति बफादार रहने शपथ खुवायो। इस्राएल जातिले विद्रोह गर्न नसकोस् र सन्‍धि ठीकसित कायम रहोस् भनी उसले ठूल्‍ठूला मानिसहरूलाई पनि बन्‍दी बनाएर लग्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्‍यसले राजाको वंशमध्‍येको एक जनालाई लिएर त्‍यसलाई शपथ खान लगाएर त्‍यससँग सन्‍धि गर्‍यो। अनि देशका प्रमुख मानिसहरूलाई त्‍यसले लग्‍यो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि राजाले राजकीय परिवारका एक सदस्यलाई लियो, र शपथ खुवाएर त्यससित एउटा सन्धि गर्‍यो। नबूकदनेसर राजाले देशका केही मुख्य मानिसहरूलाई पनि कैद गरेर लग्यो,
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि नबूकदनेस्सरले राजाको परिवारको एउटा मानिससँग सन्धि गर्यो। नबूकदनेस्सरले त्यस मानिसलाई शपथ गर्नका निम्ति वाध्य पार्यो। यस प्रकार त्यस नबूकदनेस्सरले मानिसलाई राजभक्त राख्ने शपथ गर्यो। नबूकदनेस्सरले यो मानिसलाई यहूदाको नयाँ राजा बनायो। त्यसपछि उसले सबै शक्तिशाली मानिसलाई यहूदाबाट बाहिर निकाल्यो।