Ezekiel 17:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यहूदाको राजाले विद्रोह गर्यो अनि घोडाहरू र ठूलो सेना लिइआउन मिश्रमा दूत पठायो। के त्यो यहूदाको राजा सफल होला? के त्यो बाँच्न सक्ला? त्यसले सन्धि तोडेपछि दण्ड नभोगी धरै पाउँदैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मिश्रदेशले त्यसलाई घोड़ाहरू र एउटा ठूलो सेना देओस् भनेर त्यसले मिश्रदेशमा राजदूतहरू पठाएर बेबिलोनका राजाको विरुद्धमा त्यो राजा बागी भयो। के त्यो सफल हुनेछ र? के यस्तो काम गर्ने मानिस उम्कन सक्छ र? करार भङ्ग गरेपछि पनि के त्यो उम्कन सक्छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यहूदाका राजा सिदकियाहले इजिप्टबाट घोडाहरू र ठूलो सेनाहरू ल्याउन भनी आफ्ना दूतहरू पठाएर नबूकदनेसरको विरुद्धमा विद्रोह गर्यो। के त्यो सफल हुनेछ? के यस्ता कामहरू गर्ने मानिस बच्न सक्छ र? के त्यसले सन्धि तोडेर पनि त्यो बच्न सक्ला र?
Nepali ERV (पवित्र बाइबल)
तर यो नयाँ राजाले कुनै न कुनै प्रकारले नबूकदनेस्सरको विरूद्ध विद्रोह गर्ने प्रयत्न गर्यो। उसले सहायताको लागि मिश्रमा राजदूतहरू पठायो। नयाँ राजाले धेरै घोडा अनि सैनिक मागे। यस्तो दशामा के तिमी सम्झन्छौ कि यहूदाको राजा सफल हुन्छ? के तिमी सम्झन्छौ कि नयाँ राजासँग प्रयाप्त शक्ति हुन्छ अनि उसले करार भङ्ग गरी दण्डबाट बाँच्न सक्छ?”