Ezekiel 17:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म सार्वभौम परमेश्वर जीवित परमेश्वर हुँ भन्ने स्वयम् साक्षी राखी भन्दछु कि त्यो राजा बेबिलोनमा मारिनेछ किनभने त्यसले बेबिलोनको राजासित गरेको सन्धि र शपथ तोड्यो। बेबिलोनको राजाले नै त्यसलाई राजगद्दीमा बसालेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘जस्तो म जीवित छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ, त्यो बेबिलोनमा मर्नेछ, त्यसलाई सिंहासनमा बसाल्ने जुन राजाको शपथ त्यसले तुच्छ ठान्यो र जससँग गरेको सन्धि त्यसले भङ्ग गर्यो, त्यही राजाको मुलुकमा अर्थात् बेबिलोनमा मर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, त्यो बेबिलोनमा मर्नेछ, त्यो राजाको देशमा, जसले त्यसलाई सिंहासनमा राख्यो, जसको शपथलाई त्यसले तुच्छ ठान्यो र जसको सन्धि त्यसले तोड्यो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म आफ्नो जीवनको शपथ खाएर वचन दिन्छु कि यो नँया राजा बाबेलमा मर्नेछ। नबूकदनेस्सरले त्यो मानिसलाई यहूदाको नयाँ राजा बनायो। तर त्यो मानिसले नबूकदनेस्सरसँग भएको शपथ तोड्यो। यो नयाँ राजाले त्यो सन्धि तोडयो।