Ezekiel 17:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ ‘सार्वभौम परमप्रभु यसो भन्‍नुहुन्‍छ: “एउटा देवदारुको सबैभन्दा टुप्‍पाको एउटा सानो मुना चुँडाएर लिनेछु र एउटा सबैभन्दा उच्‍च पर्वतमा म त्‍यो रोप्‍नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: एउटा देवदारुको सबैभन्‍दा टुप्‍पाको एउटा सानो मुना चुँड़ाएर लिनेछु, र एउटा अल्‍गो र उच्‍च पर्वतमा म त्‍यो रोप्‍नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म आफैँले देवदारुको टुप्पाबाट एउटा टुसा लिनेछु र त्यसलाई रोप्नेछु; म त्यसका सबैभन्दा टुप्पाको टुसाबाट एउटा सानो कलिलो हाँगा चुँडाएर त्यसलाई एउटा अग्लो र ठूलो पर्वतमा रोप्नेछु।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो, “म लामो देवदार वृक्षको एउटा हाँगा लिन्छु। म बृक्षको टुप्पाको एउटा सानो हाँगा लिन्छु। अनि म स्वंय त्यसलाई अग्लो पर्वतमा रोप्छु।