Ezekiel 17:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका सबैभन्दा उच्‍च पहाडका टाकुरामा म त्‍यो रोप्‍नेछु। त्‍यसका हाँगाहरू हुनेछन् र त्‍यसले फल फलाउनेछ र त्‍यो एउटा उत्तम देवदारुको रूख हुनेछ। सबै किसिमका चराहरूले त्‍यसमा गुँड लाउनेछन् र त्‍यसको छायामा तिनीहरू बस्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका पहाड़का टाकुराहरूमा म त्‍यो रोप्‍नेछु। त्‍यसका हाँगाहरू हुनेछन्‌ र त्‍यसले फलहरू फलाउनेछ, र त्‍यो एउटा सुन्‍दर देवदारुको रूख हुनेछ। सबै किसिमका चराहरूले त्‍यसमा गुँड़ लाउनेछन्, र त्‍यसको छायामा तिनीहरू बस्‍नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म त्यस हाँगालाई इस्राएलको पहाडको टुप्पोमा रोप्नेछु; त्यसका हाँगाहरू पलाउनेछन् र फल फलाउनेछन्; अनि एउटा सुन्दर देवदारुको बोट हुनेछ। त्यहाँ हरेक किसिमका चराहरूले गुँड बनाउनेछन्; त्यसका हाँगाहरूका छायामा ती चराहरूले आफ्ना गुँड लगाउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
“म स्वंयले यसलाई इस्राएलको अग्लो पर्वतमा रोप्नेछु। यो हाँगा एउटा सुन्दर देवदारको रूखमा परिणत हुनेछ। यसको हाँगा निक्लन्छ अनि यसले फल दिन्छ अनि यसका हाँगामा सबै प्रकारका चराहरूले गुँड बनाउँनेछन्।