Ezekiel 17:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
देशका सबै रूखहरूले यो कुरा जान्नेछन् कि अग्लो रूखलाई होचो बनाउने र होचो रूखलाई अग्लो बनाउने, हरियो रूखलाई सुकाइदिने र सुकेको रूखलाई हरियो-भरियो बनाउने म परमप्रभु नै हुँ। “म परमप्रभुले नै भनेको हुँ र म त्यो गर्ने नै छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
वनका सबै रूखहरूले यो कुरा जान्नेछन्, कि अग्लो रूखलाई होचो बनाउने, र होचो रूखलाई अल्गो बनाउने, हरियो रूखलाई सुकाइदिने र सुकेको रूखलाई हरियोभरियो बनाउने म परमप्रभु नै हुँ। “‘म परमप्रभुले नै भनेको हुँ, र म त्यो गर्ने नै छु’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म याहवेहले नै अग्ला रूखहरूलाई होच्याउनेछु, र होचा रूखहरूलाई अग्लो बनाउनेछु भनी जङ्गलका सबै रूखहरूले जान्नेछन्। हरियो रूखलाई सुकाउने र सुकेको रूखलाई हरियो बनाउने याहवेह म नै हुँ। “ ‘म याहवेहले नै बोलेको हुँ, र त्यो म गर्ने नै छु।’ ”
Nepali ERV (पवित्र बाइबल)
“तब अर्को वृक्षले थाहा पाउँछ कि म अग्लो रूखलाई भूईंमा लडाई दिन्छु अनि म सानो रूखलाई बढाउँछु। त्यसलाई लामो बनाउँछु म हरियो रूखलाई सुकाई दिन्छु। म सुकेको रूखलाई हरियो बनाई दिन्छु म परमप्रभु हुँ। यदि मैले गर्छु भने पछि त्यो निश्चय गर्नेछु।”