Ezekiel 17:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो बोट उम्र्यो र एउटा होचो फैलिएर गएको दाखलता भयो। त्‍यसका हाँगा चिल भएको ठाउँतिर बढेर गयो र जरा गहिरिएर जमिनमा गाडियो। दाखको लहरा हाँगा-बिंगा र पातहरूले भरिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र त्‍यो उम्रेर होचो फैलिने लहरा भयो, र त्‍यसका हाँगाहरू त्‍यस गरुडतिर फर्किए तर त्‍यसका जराहरूचाहिँ आफूमुनि नै रहे। यसरी त्‍यो एउटा लहरा भयो अनि त्‍यसका हाँगाहरू उम्रन थाले र त्‍यसबाट धेरै पातहरू निस्‍कन लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यसमा पालुवा पलायो र एउटा होचो कद भएको, फैलिरहने दाखको बोट बन्यो। दाखका हाँगाहरू चिलतिर बढेर आयो, तर दाखका जराहरू जमिनमुनि नै रहे। अनि यो दाखको बोट बन्यो र त्यसका हाँगाहरू उम्रन थाले र त्यसबाट धेरै पातसहितका हाँगाहरू निस्के।
Nepali ERV (पवित्र बाइबल)
बिऊ उम्रियो अनि त्यो दाखको बोट बनियो। यो बोट राम्रो थियो। बोट अग्लो थिएन। तर यो एउटा ठूलो क्षेत्रभरि ढाक्ने गरी फैलियो। दाखको काण्ड बढ्यो अनि लामो भएर हाँगाहरू र पातहरू पलायो।