Ezekiel 17:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्यहाँ एउटा ठूल्ठूला पखेटा र बाक्ला प्वाँख भएको अर्को असाध्य ठूलो चिल थियो। दाखका बोटको जरा र पातहरू त्यस चिलतिर फैलिएर गए। त्यस चिलले बगैंचामा भएको पानीभन्दा अरू ज्यादा पानी दिन सक्छ कि भनेर दाखलताले जरा र पात त्योतिर बढाएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तर शक्तिशाली पखेटा र पूरै प्वाखले भरिएको अर्को एउटा ठूलो गरुड थियो। अब त्यस लताले आफ्ना जराहरू आफू रोपिएको ठाउँबाट पठाउन र पानी पाउनलाई आफ्ना हाँगाहरू पनि त्यस गरुडतिर फैलाउन लाग्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तर त्यहाँ शक्तिशाली पखेटा र धेरै प्वाँखहरू भएको अर्को ठूलो चील पनि थियो। अब त्यस दाखको बोटले आफू रोपिएको ठाउँबाट आफ्ना जराहरू त्यस अर्को चिलतिर बढायो र पानीको निम्ति आफ्ना हाँगाहरू त्यस चिलतिर फैलायो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि अर्को ठूलो पखेटा भएको गरूडले दाखको बोट देख्यो। गरूडको लामो पंखेटा थियो। दाखको बोटले चाहन्थ्यो कि यो नयाँ गरूडले उसको देख रेख गरोस्। यसकारण त्यसले आफ्नो जराहरू त्यो गरूड भए पट्टि फैलायो। यसको हाँगाहरू गरूड भएको पट्टि फैलिन थाल्यो। यसको हाँगाहरू त्यो खेतदेखि टाढो सम्म फैलिन थाल्यो, जहाँ यो रोपेको थियो। दाखको बोटले चाहन्थ्यो नयाँ गरूडले उसलाई पानी हालोस्।