Ezekiel 17:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्यो बोट त अघि नै प्रशस्त पानी भएको मलिलो जमिनमा रोपिएको थियो र त्यसले पातहरू फैलाएर फल दिन सक्नेथियो। त्यसरी त्यो एउटा उत्तम दाखलता बन्न सक्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसमा हाँगाहरू लागून्, फलहरू फलून् र एउटा असल लता त्यो होस् भनेर त्यो प्रशस्त पानी भएको एउटा राम्रो जमिनमा लगाइएको थियो’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले हाँगाहरू उमारोस् र फल फलाएर एउटा सुन्दर दाखको बोट बनोस् भनेर त्यसलाई असल माटोमा र प्रशस्त पानीको छेउमा रोपिएको थियो।’
Nepali ERV (पवित्र बाइबल)
दाखको बोट अर्को मलिलो खेतमा सारियो। यो प्रशस्त पानी भएको भूमिमा रोपिएको थियो। यसले हाँगाहरू अनि फल दिन सक्थ्यो। यो एउटा साह्रै राम्रो दाखको बोट हुन सक्थ्यो।”