Ezekiel 17:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यसकारण म सार्वभौम परमप्रभु यो प्रश्न गर्दछु: के यो दाखको बोट मौलाएर बढ्नेछ? के त्यो पहिलो चिलले त्यस बोटलाई जरैसमेत उखेली, फल टिपेर हाँगाहरू भाँची ओइलिनलाई छोडिराख्दैन र? त्यसलाई उखेल्न कुनै ठूलो बल वा शक्तिशाली जातिहरू चाहिँ दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: के त्यो सप्रला त? के त्यो जरैसमेत उखेलिँदैन र त्यसका फलहरू टिपिँदैनन्, र त्यो ओइलनेछैन र? त्यसका सबै नयाँ पालुवाहरू ओइलाइहाल्नेछन्। त्यसलाई जरैसमेत उखेल्नलाई खूब बलियो हात अथवा धेरै मानिसहरू चाहिनेछैन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: के त्यो नयाँ दाखको बोट सप्रला र? के त्यो ओइलिएर जाओस् भनी उखेलिँदैन र? वा त्यसका फलहरू रित्तो पारिँदैनन् र? त्यसका सबै नयाँ मुनाहरू ओइलाएर जानेछन्। त्यसलाई जरैसित उखेल्नलाई बलियो हात वा धेरै मानिसहरूको खाँचो पर्नेछैन।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो, “के तिमी सम्झन्छौ कि बोट सफल हुन्छ? अहँ! नयाँ गरूडले बोटलाई जमीनदेखि उखेलिदिन्छ अनि पक्षीले बोटलाई जरासँगै उखेलिदिन्छ। त्यसले सबै दाख खान्छ। त्यसपक्षि नयाँ पातहरू सुक्छ अनि मर्छ। त्यो बोट एकदमै कमजोर हुन्छ। त्यो बोटलाई जरैसँग उखाल्नका निम्ति शक्तिशाली अस्त्र-शस्त्र अथवा शक्तिशाली देशको आवश्यकता पर्दैन।