Ezekiel 18:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसले गरीबलाई अत्‍याचार गर्छ, लुट्छ, त्‍योसित सापटी लिनेले बन्‍धकी राखेको कुरो फर्काउँदैन। त्‍यो मूर्तिपूजा गर्ने पूजास्‍थलमा जान्‍छ, घिनलाग्‍दा मूर्तिहरू पुज्‍छ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले गरीब र दरिद्रमाथि थिचोमिचो गर्छ, त्‍यसले चोरी गर्छ, बन्‍धकमा राखेको चीज फर्काउँदैन, त्‍यसले मूर्तिहरूतिर हेर्छ, र घिनलाग्‍दा कामहरू गर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले गरिब र खाँचोमा परेकाहरूलाई अत्याचार गर्छ, त्यसले लुटपाट गर्छ। त्यसले ऋणको निम्ति आफूले बन्धक लिएको कुरो फर्काउँदैन, त्यसले मूर्तिहरूतिर हेर्छ। त्यसले घिनलाग्दा कामहरू गर्छ।
Nepali ERV (पवित्र बाइबल)
उसले गरीब र असहाय मानिससँग नराम्रो व्यवहार गर्न सक्छ। उसले मानिससँग अनुचित लाभ उठाउन सक्छ। उसले बन्धक राखेको बस्तु ऋण चुक्ता भइसक्दा पनि नफर्काउन सक्छ। त्यो पापी छोरोले नराम्रो मूर्तिहरूसित प्रार्थना गर्न सक्छ अथवा अर्को डरलाग्दो पाप पनि गर्न सक्छ।