Ezekiel 18:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ब्‍याजमा ऋण दिन्‍छ। के त्‍यो बाँच्‍छ? अँहँ, त्‍यो बाँच्‍नेछैन। त्‍यसले ती सबै घिनलाग्‍दा कामहरू गरेको हुनाले त्‍यो मर्नेछ। त्‍यसको मृत्‍युको लागि त्‍यो आफैं दोषी छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले ब्‍याजमा रुपियाँ दिन्‍छ र दिएको भन्‍दा बढ़ी लिन्‍छ। के यस्‍तो मानिस जीवित रहन्‍छ र? त्‍यो जीवित रहनेछैन। त्‍यसले यी सबै घिनलाग्‍दा कामहरू गरेको कारणले त्‍यो मारिनैपर्छ, र त्‍यसको रगत त्‍यसकै शिरमाथि पर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले रकम ब्याजमा दिन्छ र फाइदा लिन्छ। के यस्तो मानिस जीवित रहला र? त्यो जीवित रहनेछैन! त्यसले यी सबै घिनलाग्दा कामहरू गरेको कारण त्यो निश्‍चय नै मारिनैपर्छ; त्यसको रगतको दोष त्यसको आफ्नै टाउकोमा हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
कुनै मानिसलाई त्यो पापी छोरोबाट ऋण लिने आश्यकता पर्न सक्छ, तर ऊ त्यो मानिसलाई ऋणको ब्याज तिर्नु बाध्य पार्छ। यसकारण त्यो पापी छोरो जीवित रहँदैन। उसले भयंकर पाप गर्यो। यसकारण त्यो मारिन सक्छ अनि आफ्नो मृत्युको निम्ति स्वंय उत्तरदायी हुन्छ।