Ezekiel 18:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तर तँ प्रश्‍न गर्दछस्, ‘बुबाचाहिँ को पापले गर्दा छोरोले किन कष्‍ट नभोग्‍ने?’ त्‍यसको उत्तर यो हो: छोरोले ठीक र असल मात्र गर्‍यो। त्‍यसले मेरा सबै नियमहरू मान्‍यो र होशियारसित पालन गर्‍यो भने त्‍यो निश्‍चय बाँच्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तापनि तिमीहरू सोध्‍छौ, ‘छोराले बुबाको दोषको फल किन भोग्‍नुपर्दैन?’ छोराले न्‍यायसङ्गत र ठीक काम गरेको छ, र मेरा सबै विधिहरू होशियारीसित पालन गरेको कारणले, त्‍यो निश्‍चय नै बाँच्‍नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तापनि तिमीहरू सोध्छौ, ‘त्यो छोरा आफ्नो बुबाको दोषको सहभागी किन भएन?’ त्यो छोराले जे न्यायसङ्गत र ठिक थियो, त्यही गर्‍यो; अनि मेरा उर्दीहरू होसियारीसाथ पालन गरेको कारण त्यो निश्‍चय नै जीवित रहनेछ।
Nepali ERV (पवित्र बाइबल)
“तिमी सोध्न सक्छौ, ‘छोराले बाबुको पापहरूका निम्ति किन दण्डदायी हुँदैन?’ यसको कारण यो हो कि छोरा राम्रो छ अनि उसले राम्रो काम गरेकोछ! उसले एकदमै सावधानीसँग मेरो नियमहरू पालन गरेको छ। यसकारण उ बाँचिरहन्छ।