Ezekiel 18:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एउटा दुष्‍ट मानिस मर्दा म रमाउँछु र?” यसरी सार्वभौम परमप्रभु सोध्‍नुहुन्‍छ, “होइन, म त त्‍यसले पश्‍चात्ताप गरी बाँचेको हेर्न चाहन्‍छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के दुष्‍टको मृत्‍युमा म खुशी हुन्‍छु र? परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ। बरु आफ्‍नो चाल छोड़ेर तिनीहरू बाँचेका म हेर्न चाहन्‍नँ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के म दुष्‍टको मृत्युमा खुशी हुन्छु र? प्रभु याहवेह घोषणा गर्नुहुन्छ। बरु के तिनीहरू आफ्ना दुष्‍ट चालबाट फर्कँदा म खुशी हुँदिनँ र?
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “म नराम्रो मानिसहरू मर्न दिन चहाँदिन। म तिनीहरू आफ्नो जीवनको दुष्ट चालबाट फर्केको चाहन्छु ताकि तिनीहरू बाँच्न सकुन्।