Ezekiel 18:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तर यदि एउटा धर्मी मानिसले भलाइ गर्न छोड्यो, सबै खराबी गर्न थाल्‍यो र दुष्‍ट मानिसले गर्ने घिनलाग्‍दा कामहरू गर्न थाल्‍यो भने के त्‍यसले बाँचिरहन पाउला र? अँहँ, त्‍यसो हुन्‍न, त्‍यसले गरेका कुनै पनि असल कामको सम्‍झना गरिनेछैन। त्‍यसको अविश्‍वास र पापको कारणले त्‍यो मर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर धर्मी मानिसले आफ्‍नो धार्मिकतालाई त्‍यागेर पाप गर्छ, र दुष्‍ट मानिसले गरेका घिनलाग्‍दा कामहरू गर्छ भने, के त्‍यो बाँच्‍नेछ र? त्‍यसले अघि गरेको कुनै पनि धर्मको कामको सम्‍झना हुनेछैन। त्‍यसको अविश्‍वास र त्‍यसले गरेका पापको कारणले त्‍यो मर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर धर्मी मानिस आफ्नो धार्मिकताबाट फर्केर पाप गर्छ, र दुष्‍ट मानिसले गर्ने त्यही घिनलाग्दा कामहरू गर्छ भने के त्यो जीवित रहला र? त्यसले गरेको कुनै पनि धार्मिक कामहरूको सम्झना हुनेछैन। त्यसले गरेका अविश्‍वासयोग्यताको दोषको कारण र त्यसले गरेका पापहरूको कारण त्यो मर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
“यस्तो पनि हुन सक्छ कि राम्रो मानिस राम्रो रहन छोडन सक्छ। ऊ आफ्नो जीवन बद्लिन सक्छ अनि त्यो डरलाग्दा पापहरू गर्न आरम्भ गर्न सक्छ जुन नराम्रा मानिसहरूले भूतकालमा गरे। यसकारण त्यो राम्रो मानिस बदलिएर नराम्रो बनियो भने परमेश्वरले त्यस मानिसले गरेको राम्रो कामहरू याद राख्नुहुन्न। परमेश्वरले यही याद राख्नुहुनेछ कि त्यो मानिस उसको विरूद्ध गयो अनि उसले पाप गर्न थाल्यो। यसैकारण त्यो मानिस आफ्नो पापको कारण मर्नेछ।”