Ezekiel 18:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तर तँ भन्लास्, ‘प्रभुले जे गर्नुहुन्छ, त्यो उचित छैन।’ ए इस्राएलीहरू हो, मेरो कुरा सुन, के मेरो काम ठीक छैन भन्ठान्छौ? तिमीहरूको काम पो ठीक छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तापनि तिमीहरू भन्छौ, ‘परमप्रभुको चाल न्यायसङ्गत छैन’। हे इस्राएलका घराना, सुन: के मेरो चाल न्यायसङ्गत छैन? के तिमीहरूको चाल पो अन्यायी छैन र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तापनि तिमीहरू भन्छौ, ‘प्रभुको मार्ग न्यायसङ्गत छैन।’ हे इस्राएलीहरू हो, सुन: के मेरो मार्ग न्यायसङ्गत छैन? के तिमीहरूकै चालहरू बेठीक छैनन् र?
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले भन्नुभयो, “तिमीले भन्न सक्छौ कि ‘परमेश्वर हाम्रो मालिक न्यायपूर्ण हुनुहुन्न।’ तर हे इस्राएलका परिवारहरू सुन! मेरो मार्गहरू अन्याय संगत छैन। तिमीहरूकै मार्गहरू अन्याय संगत छन्।