Ezekiel 18:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमी इस्राएलीहरूचाहिँ भन्दछौ, ‘प्रभुले जे गर्नुहुन्छ, त्यो उचित छैन।’ मेरो काम ठीक छैन भन्ठान्छौ, होइन? तर तिमीहरूको काम पो ठीक छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि इस्राएलको घरानाले भन्छ, ‘परमप्रभुको चाल न्यायसङ्गत छैन’। हे इस्राएलको घराना, के मेरो चाल न्यायसङ्गत छैन र? के तिमीहरूको चाल अन्यायी छैन र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तापनि इस्राएलीहरू भन्छन्, ‘प्रभुको मार्ग न्यायसङ्गत छैन।’ हे इस्राएलका मानिसहरू हो, के मेरा मार्गहरू न्यायसङ्गत छैनन् र? के तिमीहरूकै मार्गहरू बेठीक छैनन् र?
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका मानिसहरूले भने, “परमप्रभु हाम्रा मालिक न्यायपूर्ण हुनुहुन्न।” परमेश्वरले भन्नुभयो, “मेरा मार्गहरू अन्यायी छैनन्। यो त तिमीहरूका मार्गहरू हुन जुन न्याय सङ्गत छैनन्।