Ezekiel 18:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसले इस्राएलीहरूका देवताहरू पुज्दैन र मनाही गरेका पूजा-स्थलमा चढाएको प्रसाद खाँदैन, अर्काकी स्वास्नी भ्रष्ट पार्दैन वा मासिक धर्म भएकी स्त्रीकहाँ जाँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले डाँड़ाका देवता-थानमा खाँदैन, अथवा इस्राएलका घरानाका मूर्तिहरूतिर हेर्दैन। त्यसले आफ्नो छिमेकीकी पत्नीलाई अपवित्र पार्दैन, अथवा रजस्वलाको समयमा कुनै स्त्रीसँग सुत्दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले पर्वतको देवस्थानहरूमा खाँदैन, अथवा इस्राएलका मूर्तिहरूलाई हेर्दैन। त्यसले आफ्नो छिमेकीकी पत्नीलाई अशुद्ध पार्दैन, अथवा कुनै स्त्रीको महिनावारीको समयमा त्यस स्त्रीसित यौन सम्पर्क गर्दैन।
Nepali ERV (पवित्र बाइबल)
त्यो धर्मी मानिस पहाडमाथि जाँदैन अनि असत्य देवताहरूलाई चढाएको खानाबाट कुनै भाग पनि बाँढ्दैन। त्यो इस्राएलको नराम्रो देवताहरूको मूर्तिहरूको स्तुति गर्दैन। उसले आफ्नो छिमेकीको पत्नीसँग व्यभिचारको पाप गर्दैन्। उसले आफ्नो पत्नीसँग उसको रजस्वलाको समयमा शारीरिक सम्बन्ध राख्दैन।