Ezekiel 18:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसले कसैको अत्याचार गर्दैन र लुट्दैन। त्योसित बन्धकी राखेर सापटी लिएको कुरा त्यसले फर्काइदिनेछ, भोकालाई खुवाउँछ र नाङ्गालाई लुगा दिन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले कसैलाई थिचोमिचो गर्दैन, तर कर्जाको बन्धक फर्काइदिन्छ। त्यसले चोरी गर्दैन, तर भोकालाई आफ्नो खानेकुरा दिन्छ, र नाङ्गालाई लुगा पहिराइदिन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले कसैलाई पनि अत्याचार गर्दैन, तर त्यसले ऋणको निम्ति लिएको बन्धक फर्काइदिन्छ। त्यसले लुटपाट गर्दैन, तर त्यसले भोकाएकाहरूलाई आफ्नो भोजन दिन्छ, र नाङ्गाहरूलाई लुगाफाटा जुटाइदिन्छ।
Nepali ERV (पवित्र बाइबल)
असल मानिसले मानिसहरूबाट लाभ उठाउँदैन्। यदि कसैले उदेखि ऋण लिन्छ भने उसले बन्धक राखेर ऋण दिन्छ र ऋणी मानिसले ऋण चुक्ता गर्दा बन्धकी फकाई दिन्छ। राम्रो मानिसले भोको मानिसहरूलाई खाना दिन्छ अनि नाङ्गो मानिसहरूलाई लुगा दिन्छ।