Ezekiel 19:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले त्‍यसलाई अङ्कुसेले समातेर एउटा खोरमा हाले र त्‍यसलाई बेबिलोनको राजाकहाँ ल्‍याए। इस्राएलका डाँडाहरूमा त्‍यसको आवाज फेरि कहिल्‍यै नसुनिओस् भनेर तिनीहरूले त्‍यसलाई कैदमा राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले अङ्‌कुसेले त्‍यसलाई समातेर एउटा खोरमा हाले, र त्‍यसलाई बेबिलोनको राजाकहाँ ल्‍याए। इस्राएलका डाँड़ाहरूमा त्‍यसको आवाज फेरि कहिल्‍यै नसुनिओस्‌ भनेर तिनीहरूले त्‍यसलाई कैदमा राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले त्यसलाई अङ्कुसेले तानेर खोरमा हाले र त्यसलाई बेबिलोनका राजाकहाँ ल्याए। तिनीहरूले त्यसलाई थुनेर राखे। त्यसैले त्यसको गर्जन इस्राएलका पर्वतहरूमा फेरि सुनिएन।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले त्यसलाई खोरमा हाले अनि बन्द गरिदिए। तिनीहरूले त्यसलाई आफ्नो जालमा बन्द गरे यसप्रकारले तिनीहरूले त्यसलाई बाबेलको राजाकहाँ लिएर गए। अब त्यसको गर्जन तिमीहरूले इस्राएलको पर्वतमा सुन्नेछैनौ।