Ezekiel 2:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ए मरणशील मानिस, म तँलाई इस्राएली जातिकहाँ पठाउँदै छु। तिनीहरू विद्रोह गरी मेरो विरुद्धमा उठेका छन् र तिनीहरूका पिता-पुर्खाझैँ बागी भएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले भन्नुभयो, “हे मानिसको छोरो, म तँलाई इस्राएली जातिकहाँ पठाउँदैछु, एउटा बागी जातिकहाँ, जो मेरो विरुद्धमा बागी भएको छ। तिनीहरू र तिनीहरूका पिता-पुर्खाहरू पनि आजको दिनसम्मै मेरो विरुद्धमा बागी भएका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले भन्नुभयो: “हे मानिसको छोरा, म तँलाई इस्राएलीहरूकहाँ पठाउँदैछु, एउटा विद्रोही जातिकहाँ, जो मेरो विरुद्धमा विद्रोही भएका छन्। तिनीहरू र तिनीहरूका पुर्खाहरूले आजको दिनसम्म नै मेरो विरुद्धमा विद्रोह गर्दैआएका छन्।
Nepali ERV (पवित्र बाइबल)
उहाँले मलाई भन्नुभयो, “मानिसको छोरो, म तिमीलाई इस्राएलको परिवारसँगकेही भन्नका निम्ति पठाउँदैछु। तिनीहरू बागीहरूको जाति हुन्। लगातार मेरो विरूद्ध बागी भएकाछन् तिनीहरूका पिता-पुर्खाहरू पनि मेरो विरूद्धमा बागी भएको थिए। तिनीहरू र तिनीहरूका पिता-पुर्खाहरूले मेरो विरूद्धमा अपराधहरू गरे अनि आज सम्म तिनीहरू त्यसै गर्दैछन्।