Ezekiel 2:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तर, ए मरणशील मानिस, तँ तिनीहरूसित वा तिनीहरूका कुरासित नडरा। तिनीहरूले तेरो विरोध गर्नेछन्, तँलाई हेला गर्नेछन्। तँलाई बिच्छीहरूका बीचमा बास गरेझैँ हुनेछ। तापनि ती बागीहरू अथवा तिनीहरूले भनेका कुरासित नडरा।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तँचाहिँ हे मानिसको छोरो, तिनीहरूदेखि अथवा तिनीहरूका कुरादेखि नडरा। तेरा चारैतिर सिउँड़ी र काँढ़ा भए, अथवा तँ बिच्छीहरूका बीचमा बसे तापनि तँ नडरा। तिनीहरूले जे भने पनि नडरा, अथवा तिनीहरूदेखि भयभीत नहो, यद्यपि तिनीहरू त बागी सन्तान हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तँ हे मानिसको छोरा, तिनीहरू अथवा तिनीहरूका कुरादेखि नडरा। तेरा वरिपरि सिउँडी काँडा र अरू काँडाहरू भए तापनि र तँ बिच्छीहरूको बीचमा बसे तापनि नडरा। तिनीहरू विद्रोही भए तापनि तिनीहरूका कुराहरूदेखि नडरा अथवा तीबाट त्रसित नहो।
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरो! तिनीहरू सँगनडराऊ। तिनीहरू जे भन्छन् त्यसको निम्ति नडराऊ। यो साँचो हो तिनीहरू तिम्रो विरूद्ध हुनेछन् अनि तिमीलाई चोट पुर्याउन चाहन्छन्। तिनीहरू काँडा जस्तै हुनेछन्। तिमीलाई यस्तो लाग्ने छ कि तिमी बिच्छीहरूको बीचमा बसेका छौ। तर तिनीहरूले जे जति भन्नेछन्, त्यसका निम्ति नडराऊ। तिनीहरू विद्रोहीहरू हुन्।