Ezekiel 20:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीहरू कैदी भई देश निकालाबास भएको सातौं वर्षको पाँचौं महिनाको दशौँ दिनको कुरा हो। इस्राएलका केही अगुवाहरू मकहाँ आएर परमप्रभुको इच्‍छाबारे सोधपुछ गर्न मेरो सामुन्‍ने बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सातौँ वर्षको पाँचौँ महिनाको दशौँ दिनमा इस्राएलका कोही धर्म-गुरुहरू परमप्रभुसित सोधपूछ गर्नलाई आएर मेरो सामुन्‍ने बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सातौँ वर्षको पाँचौँ महिनाको दसौँ दिनमा, इस्राएलका केही प्रधानहरू याहवेहकहाँ सल्‍लाह लिन आए, र तिनीहरू मेरो सामु बसे।
Nepali ERV (पवित्र बाइबल)
एकदिन परमप्रभुलाई एउटा प्रश्न गर्न इस्राएलका बूढा-प्रधानहरू मध्ये कतिजना मकहाँ आए। यो पाँचौं महीनाको दशौं दिन अनि देशबाट निकालिएको सातौं वर्ष थियो। बूढा-प्रधानहरू मेरो अघि बसेका थिए।