Ezekiel 20:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर उजाड-स्थानमा पनि तिनीहरूले मेरो विरोध गरे। तिनीहरूले मेरा नियमहरू तोडे र मेरा आज्ञा अस्वीकार गरे, जुन-जुन पालन गर्नाले मानिसले जीवन पाउनेछ। विश्रामवारलाई तिनीहरूले पूर्णरूपले अपवित्र गरे। उजाड-स्थानमा नै म तिनीहरूलाई क्रोधको झोक देखाएर नाश गर्न तयार थिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तापनि इस्राएलका मानिसहरू मरुभूमिमा मेरो विरुद्धमा बागी भए। तिनीहरू मेरो विधिहरूमा उर्दीहरूमा चलेनन्, तर तिनीहरूले मेरा नियमहरूलाई इन्कार गरे— यद्यपि ती पालन गर्ने मानिस तिनैबाट बाँच्नेछ— मेरा शबाथहरूलाई तिनीहरूले एकदमै बिटुलो पारे। यसैले मैले भनें, कि म यही मरुभूमिमा तिनीहरूमाथि मेरो क्रोध पोखाएर तिनीहरूलाई नाश गरिदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तापनि इस्राएलका मानिसहरूले उजाडस्थानमा मेरो विरुद्धमा विद्रोह गरे। तिनीहरूले मेरा उर्दीहरू पालन गरेनन्, तर तिनीहरूले मेरा नियमहरूलाई इन्कार गरे; यद्यपि ती नियमहरू पालन गर्ने मानिस तीद्वारा नै जीवित रहनेछ; अनि तिनीहरूले मेरा शब्बाथहरूलाई पूर्ण रूपमा अपवित्र तुल्याए। यसकारण मैले भनेँ, म तिनीहरूमाथि मेरो क्रोध खन्याउनेछु, र तिनीहरूलाई उजाडस्थानमा नष्ट गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
“‘तर इस्राएलको परिवार मरूभूमिमा मेरो विरूद्धमा उठ्यो। तिनीहरूले मेरो नियमहरू अनुसरण गरेनन्। तिनीहरूले मेरो विधिहरू पालन गर्न अस्वीकार गरे। मानिसहरू जसले यी विधिहरू पालन गर्छन ती जीवित रहनेछन्। तर तिनीहरूले मेरो विशेष विश्रामका दिनहरू यस्तो व्यवहार गरे मानौं यसको केही तात्पर्य नै छैन। मैले मरूभूमिमा तिनीहरूलाई नष्ट गर्ने निर्णय गरें। आफ्नो क्रोधको पूरै शक्तिको अनुभव तिनीहरूलाई गराउन खोजें।