Ezekiel 20:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मैले त्यसो गरिनँ किनभने त्यसो गर्नाले जुन जातिहरूले इस्राएललाई मैले मिश्रबाट निकाली ल्याएको देखेका थिए, तिनीहरूकै बीचमा मेरो नामको बदनामी हुनेथियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जुन जातिहरूका नजरकै सामुन्ने मैले तिनीहरूलाई निकालेर ल्याएँ, ती जातिहरूका आँखाका सामु मेरो नाउँ अपवित्र नहोस् भनेर मेरो नाउँको खातिर मैले यो काम गरें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मेरो नामको खातिर जुन जातिहरूको आँखाको अगाडि मैले तिनीहरूलाई निकालेर ल्याएँ, तिनीहरूको दृष्टिमा मेरो नाम अपवित्र नहोस् भनेर मैले यसो गरेँ।
Nepali ERV (पवित्र बाइबल)
तर मैले तिनीहरूलाई नष्ट गरिन। अन्य राष्ट्रले मलाई इस्राएललाई मिश्रबाट बाहिर ल्याउँदै गरेको देख्यो। म आफ्नो राम्रो नाम समाप्त गर्न चाहँदिन। यसकारण मैले ती राष्ट्रहरूको सामने इस्राएललाई नष्ट गरिन्।