Ezekiel 20:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण मैले तिमीहरूलाई दिएको सुसम्पन्न र मलिलो भूमि भएको सर्वोत्तम देशमा पुर्याउनेछैन भनी मैले उजाड-स्थानमा नै शपथ खाएको थिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसबाहेक मैले आफ्नो हात उठाएर मरुभूमिमा तिनीहरूसित यो शपथ खाएँ, कि दूध र मह बग्ने देशमा जो सबै देशहरूभन्दा सुन्दर छ, त्यहाँ म तिनीहरूलाई ल्याउनेछैनँ—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिनीहरूलाई उजाडस्थानमा हात उचालेर तिनीहरूसँग शपथ पनि खाएँ, कि म तिनीहरूलाई मैले दिएको देशमा ल्याउनेछैनँ—दूध र मह बग्ने देश, सबै देशहरूमध्ये सबैभन्दा सुन्दर देश;
Nepali ERV (पवित्र बाइबल)
मैले मरूभूमिमा ती मानिसहरूसित एउटा शपथ ग्रहण गरें। मैले शपथ खाएँ कि मैले तिनीहरूलाई त्यस प्रदेशमा ल्याउँदिन। जुन म उनलाई दिंदैछु। त्यो धेरै चीजहरूले भरिएको छ। एउटा राम्रो प्रदेश थियो। यो सबै देश भन्दा ज्यादा सुन्दर थियो।