Ezekiel 20:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले मूर्ति पुज्न नै औधि रुचाए, मेरा आज्ञाहरू इन्कार गरे, मेरा नियमहरू भङ्ग गरे र पवित्र विश्रामवारलाई अपवित्र गरेका हुनाले मैले त्यस्तो शपथ खाएको हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने तिनीहरूले मेरा नियमहरूलाई इन्कार गरे र मेरा विधिहरूमा चलेनन्, र मेरा शबाथहरूलाई बिटुलो पारे। किनकि तिनीहरूका हृदय आफ्ना मूर्तिहरूको भक्ति गर्न लागेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिनीहरूले मेरा व्यवस्थाहरूलाई त्यागिदिए, र मेरा उर्दीहरू पालन गरेनन्; अनि मेरा शब्बाथहरू अपवित्र पारे। किनकि तिनीहरूको हृदय तिनीहरूका मूर्तिहरूप्रति समर्पित थिए।
Nepali ERV (पवित्र बाइबल)
“‘मैले त्यसो गरें कारण इस्राएलका मानिसहरूले मेरा नियमहरू पालन गर्नु इन्कार गरे! तिनीहरूले मेरो विधि-विधानहरूको अनुसरण गरेनन्। तिनीहरूले मेरो विश्राम दिनहरूमा यस्तो गरे मानौं तिनीहरूलाई कुनै महत्व थिएन। तिनीहरूले यो सबै काम गरे यसकारण किनभने तिनीहरूको हृदय तिनीहरूको मूर्तिहरूलाई सर्मपण गरेका थिए।