Ezekiel 20:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसको सट्टामा तिनीहरूका युवाहरूलाई यसरी चेतावनी दिएँ कि तिमीहरूका पिता-पुर्खाले बनाएका नियमहरू नमान, तिनीहरूका रीतिथितिहरूमा नचल र ती मूर्तिहरू पुजेर आफैंलाई अपवित्र नगराओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले मरुभूमिमा तिनीहरूका छोराछोरीहरूलाई भनें, “तिमीहरू आफ्ना पिता-पुर्खाहरूका धार्मिक-विधानहरूमा नहिँड़ अथवा तिनीहरूका नियमहरू नमान, वा तिनीहरूका मूर्तिहरूले तिमीहरू आफैलाई बिटुलो नपार।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले उजाडस्थानमा तिनीहरूका छोराछोरीहरूलाई भनेँ, “तिमीहरूका आमाबुबाहरूका आदेशहरूअनुसार नहिँड, अथवा तिनीहरूका नियमहरू पालन नगर, न त तिनीहरूका मूर्तिहरूद्वारा आफूलाई अपवित्र पार।
Nepali ERV (पवित्र बाइबल)
मैले तिनीहरूको नानीहरूसँग कुरा गरें, “मैले तिनीहरूलाई भनें, आफ्नो आमा-बाबु जस्तो नहुनु। तिनीहरूको नराम्रो मूर्तिहरूबाट आफूलाई नराम्रो नबनाऊ। तिनीहरूको नियमको अनुसरण नगर। तिनीहरूको आदेशहरू पालन नगर।