Ezekiel 20:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तर त्‍यस पुस्‍ताले पनि मेरो विरोध गर्‍यो। तिनीहरूले मेरा नियमहरू तोडे र मेरा आज्ञाहरू मानेनन्, जुन पालन गर्नाले मानिसले जीवन पाउँदछ। तिनीहरूले विश्रामवारलाई अपवित्र पारे। त्‍यहीं उजाड-स्‍थानमा नै तिनीहरूलाई मेरो क्रोधको पूरा झोक देखाएर मार्न तयार थिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तर ती छोराछोरीहरू मेरो विरुद्धमा बागी भए। तिनीहरू मेरा उर्दीहरूमा हिँडेनन्, र मेरा व्‍यवस्‍थाहरू पालन गर्नलाई होशियार भएनन्‌— यद्यपि ती पालन गर्नाले मानिस तिनैबाट बाँच्‍नेछ— र तिनीहरूले मेरा शबाथहरूलाई बिटुलो पारे। यसैले मैले भनें, कि मरुभूमिमा म मेरो क्रोध तिनीहरूमाथि पोखाउनेछु, मेरो रीस तिनीहरूका विरुद्धमा खन्‍याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तर तिनीहरूका सन्तानले पनि मेरो विरुद्धमा विद्रोह गरे: तिनीहरूले मेरा उर्दीहरू पालन गरेनन्; तिनीहरूले मेरा व्यवस्थाहरू होसियारीसाथ पालन गरेनन्, जसका विषयमा मैले भनेको थिएँ, “ती पालन गर्ने मानिस ती व्यवस्थाहरूद्वारा नै जीवित रहनेछ,” र तिनीहरूले मेरा शब्बाथहरूलाई अपवित्र पारे। यसकारण मैले भनेँ: म तिनीहरूमाथि मेरो क्रोध खन्याउनेछु, र उजाडस्थानमा म मेरो रिस तिनीहरूको विरुद्धमा पोखाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
“‘तर ती नानीहरू मेरो विरूद्ध भए। तिनीहरूले मेरा व्यवस्थाहरू पालन गरेनन्। तिनीहरूले मेरो आदेशहरू मानेनन्। तिनीहरूले त्यो काम गरेनन् जुन मैले भनें, त्यो राम्रो नियम थियो। यदि कसैले उहाँको नियम पालन गर्छ त्यो जीवित रहन्छ। तिनीहरूले मेरो विश्रामको विशेष दिनहरूमा यस्तो काम गरे मानौ तिनीहरूले त्यसको महत्व राख्दैन्। यसकारण मैले तिनीहरूलाई मरूभूमि पूर्ण रूपमा नष्ट गर्ने निश्चय गरें जसबाट तिनीहरूले मेरो क्रोधको पुरै शक्ति अनुभव गर्न सकुन्।