Ezekiel 20:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले मेरा आज्ञाहरू इन्‍कार गरेर मेरा नियमहरू भङ्ग गरी विश्रामवारलाई अपवित्र गरेका हुनाले र तिनीहरूका पिता-पुर्खाले मान्‍दैआएका मूर्तिहरू नै पुजेका हुनाले मैले त्‍यस्‍तो निश्‍चय गरें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने तिनीहरूले मेरा नियमहरू मानेनन्, र मेरा विधिहरूलाई इन्‍कार गरे, र मेरा शबाथहरूलाई बिटुलो पारे। तिनीहरूका नजर आफ्‍ना पिता-पुर्खाहरूका मूर्तिहरूमा मोहित भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिनीहरूले मेरा नियमहरू पालन गरेका थिएनन्, तर मेरा उर्दीहरूलाई त्यागेका थिए, र मेरा शब्बाथहरू अपवित्र तुल्याइएका थिए; अनि तिनीहरूका आँखा तिनीहरूका आमाबुबाहरूका मूर्तिहरूमा गाडेका थिए।
Nepali ERV (पवित्र बाइबल)
“‘इस्राएलका मानिसहरूले मेरो आदेशको पालन गरेनन्। तिनीहरूले मेरो नियमहरू पालन गर्न अस्वीकार गरे। तिनीहरूले मेरो विश्रामको विशेष दिनहरूमा यस्तो गरे मानौ तिनीहरू त्यसको महत्व राख्दैनन्। तिनीहरूले आफ्नो पिता-पुर्खाहरूको अपवित्र मूर्तिहरूको पूजा गरे।