Ezekiel 20:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले तिनीहरूलाई आफ्‍ना बलिदानहरूले आफैंलाई अपवित्र गराउन दिएँ। तिनीहरूलाई आफ्‍ना जेठा छोराहरू बलिदान चढाउन दिएँ। तिनीहरूलाई दण्‍ड दिन र परमप्रभु म नै हुँ भनी जनाउन मैले त्‍यसो गरें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तिनीहरूलाई आफ्‍ना उपहारहरूद्वारा बिटुलो हुन दिएँ, अर्थात्‌ पहिले जन्‍मेको हरेकको बलिदानद्वारा, र तिनीहरू भयभीत होऊन्, ताकि तिनीहरूले म परमप्रभु हुँ भनी जानून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिनीहरूलाई तिनीहरूका उपहारहरूद्वारा हरेक जेठा छोराहरूलाई बलिदानहरूद्वारा अशुद्ध हुन दिएँ, ताकि तिनीहरू आतङ्कले भरिऊन्; यसरी तिनीहरूले म नै याहवेह हुँ भनी जानून्।’
Nepali ERV (पवित्र बाइबल)
मैले तिनीहरूले आफ्नो भेटीद्वारा आफैंलाई अपवित्र बनाउँन दिएँ। तिनीहरूले आफ्नो प्रथम सन्तान सम्म बलि चढाउँन थाले। यस्तो प्रकारले मैले तिनीहरूलाई नष्ट गर्न चाहें। त्यसपछि तिनीहरूले थाहा पाए म नै परमप्रभु हुँ।’