Ezekiel 20:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अब ए मरणशील मानिस, म सार्वभौम परमप्रभु यी इस्राएलीहरूलाई के भन्‍दै छु, सो सुनाइदे। तिनीहरूका पिता-पुर्खाहरूले मलाई त्‍यागेर मेरो अपमान गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसकारण हे मानिसको छोरो, इस्राएलका मानिसहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: मलाई त्‍यागेर तिमीहरूका पिता-पुर्खाले मेरो निन्‍दा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण हे मानिसको छोरा, इस्राएलका मानिसहरूसँग कुरा गरेर तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: यसमा पनि तिमीहरूका पितापुर्खाहरू विश्‍वासघाती भएर मलाई त्यागेर मेरो निन्दा गरे:
Nepali ERV (पवित्र बाइबल)
यसकारण हे मानिसको छोरो! अब इस्राएलको परिवारलाई भन, ‘तिनीहरूसँग परमप्रभु मेरो मालिकले यो कुराहरू भन्नु हुन्छ इस्राएलका मानिसहरूले मेरो विरूद्ध अपवित्र कुराहरू भने अनि मेरो विरूद्ध नराम्रो योजनाहरू बनाए।