Ezekiel 20:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले तिनीहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको देशमा तिनीहरूलाई ल्याएँ। जब तिनीहरूले अग्ला-अग्ला डाँडा र हरिया रूखपातहरू देखे, ती सबै ठाउँमा तिनीहरूले बलिदान चढाए। तिनीहरूले धूप-बत्ती र मद्यबलि चढाएर मेरो क्रोध जगाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब मैले शपथ खाएर तिनीहरूलाई दिन्छु भनेको देशमा तिनीहरूलाई ल्याएँ, तब जहाँ-जहाँ तिनीहरूले कुनै अल्गो डाँड़ा वा कुनै झ्याम्म पातहरू भएको रूख देखे, त्यहाँ तिनीहरूले आफ्ना बलिदानहरू चढ़ाए, र मलाई रीस उठ्ने तिनीहरूका भेटी चढ़ाए। त्यहाँ तिनीहरूले आफ्ना सुगन्धित बास्ना आउने धूप बाले र आफ्ना अर्घ-बलि चढ़ाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मैले तिनीहरूलाई दिन्छु भनी शपथ खाएको देशमा मैले तिनीहरूलाई ल्याएँ; जब तिनीहरूले कुनै पनि अग्लो स्थान, अथवा कुनै पनि झ्याम्म परेको रूख देख्थे, तब त्यहाँ तिनीहरूले आफ्ना बलिदानहरू चढाए, र तिनीहरूले मूर्तिहरूलाई भेटीहरू चढाए; अनि तिनीहरूका सुगन्धित धूप चढाए। यसरी तिनीहरूले आफ्ना अर्घबलिहरू चढाएर मलाई रिस उठाए।
Nepali ERV (पवित्र बाइबल)
तर यस्तो हुँदा हुँदै पनि मैले तिनीहरूलाई त्यो देशमा ल्याएँ जुन मैले तिनीहरूलाई दिन्छु भनि प्रतिज्ञा गरेको थिएँ। तिनीहरूले ती पहाडहरू अनि हरियो वृक्षहरूलाई देखे यसकारण तिनीहरूलाई त्यो सबै स्थानहरूमा पूजा गर्न गए। तिनीहरूले आफ्नो बलिदान अनि क्रोध भेटी ती सबै स्थानहरूमा चढाए। तिनीहरूले आफ्नो त्यो बलिदान चढाए जुन मधुर सुगन्धवाला थियो अनि तिनीहरूले आफ्नो पेय भेटी पनि ती स्थानमा चढाए।