Ezekiel 20:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ए मरणशील मानिस, यी मानिसहरूलाई भन्। सार्वभौम परमप्रभु के भन्दै हुनुहुन्छ, तिमीहरू मेरो इच्छा जान्न आएका छौ, होइन? म जीवित परमेश्वर हुँ भन्ने स्वयम् साक्षी राखी भन्दछु कि तिमीहरूलाई मसित केही प्रश्न गर्न दिनेछैन। म सार्वभौम परमप्रभु बोलेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरो, इस्राएलका धर्म-गुरुहरूसँग कुरा गर् र तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: के तिमीहरू मसित सोधपूछ गर्नलाई आएका छौ? जस्तो म जीवित छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ, तिमीहरू मलाई सोधपूछ गर्न पाउनेछैनौ’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, इस्राएलका प्रधानहरूसँग कुरा गरेर तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: के तिमीहरू मसँग सल्लाह लिन आएका हौ? म जीवित भएझैँ, तिमीहरूलाई मसँग सल्लाह लिन दिनेछैन, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरो, इस्राएलका बूढा- प्रधानहरूसँग कुरा गर। तिनीहरूलाई भन, ‘परमप्रभु मेरो मालिकले, यो कुरा बताउनु हुन्छ के तिमीहरू मेरो सल्लाह माग्न आएका हौ? यदि तिमीहरू आएका हौ भने म तिमीलाई यो दिँदिन। परमप्रभु मेरा मालिकले यो कुराहरू भन्नुभयो।’