Ezekiel 20:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब इस्राएलीहरूलाई म सार्वभौम परमप्रभु के भन्‍दै छु, सो सुनाइदे। तिमीहरू किन आफ्‍ना पिता-पुर्खाले गरेका पाप दोहोर्‍याएर घिनलाग्‍दा मूर्तिहरूको पछि दगुर्छौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसैकारण इस्राएलको घरानालाई भन्‌: ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: के तिमीहरू पनि आफ्‍ना पिता-पुर्खाहरूका चालअनुसार हिँड़ेर आफैलाई बिटुलो पार्छौ र तिनीहरूका घिनलाग्‍दा मूर्तिहरूका कामवासनाले मोहित हुन्‍छौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण इस्राएलीहरूलाई भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: के तिमीहरू पनि आफ्ना पितापुर्खाहरूले जस्तै आफूलाई अपवित्र पार्छौ? र तिनीहरूका घिनलाग्दा आकृतिहरूसँग व्यभिचार गर्छौ?
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले भन्नुभयो, “इस्राएलका मानिसहरूले त्यो सबै अपवित्र कामहरू गरे। यसकारण इस्राएलका मानिसहरूसित कुरा गर। तिनीहरूलाई भन, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ तिमीहरूले त्यो कामहरू गरेर आफैलाई अपवित्र बनायौ जुन तिम्रो पिता-पुर्खाहरूले गरेका थिए। तिमीले एउटी वेश्याको जस्तो काम गर्यौं। तिमी ती डरलाग्दा देवताहरूसित मलाई छोडेर गयौ जसको पूजा तिमीहरूका पिता-पुर्खाहरूले गर्थे।