Ezekiel 20:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आज पनि तिमीहरू त्‍यस्‍तै दानहरू चढाउँदछौ र ती मूर्तिहरूलाई नै बलि चढाउँदै आफ्‍ना छोराहरू आगोमा जलाउँदछौ र आफैंलाई अपवित्र पार्दछौ। त्‍यसपछि पनि के तिमी इस्राएलीहरूलाई अझै मेरो इच्‍छा सोध्‍न मकहाँ आउन दिऊँ? म सार्वभौम परमप्रभु जीवित परमेश्‍वर छु भन्‍ने स्‍वयम् साक्षी राखी भन्‍दछु कि तिमीहरूलाई मसित केही प्रश्‍न गर्न दिनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिमीहरू आफ्‍ना उपहारहरू चढ़ाउँछौ अर्थात्‌ आफ्‍ना छोराहरू आगोमा चढ़ाउने बलिदानहरू— तब आजको दिनसम्‍म पनि आफ्‍ना सबै मूर्तिहरूले तिमीहरू आफैलाई बिटुलो पार्दछौ। हे इस्राएलको घराना, के तिमीहरूलाई मसँग सोधपूछ गर्न दिनु र? परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, जस्‍तो म जीवित छु, तिमीहरूले मलाई सोधपूछ गर्न पाउनेछैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिमीहरूले तिमीहरूका उपहारहरू अर्पण गर्छौ, आफ्ना छोराछोरीहरूलाई आगोमा बलि चढाउँछौ, तब तिमीहरूले आजको दिनसम्मै तिमीहरूका मूर्तिहरूद्वारा आफूलाई अशुद्ध पारिरहेका छौ। हे इस्राएलीहरू हो, के तिमीहरूले मसँग सोधपुछ गर्न पाऔला र? म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, म तिमीहरूलाई मसँग सोधपुछ गर्न दिनेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
तिमीले त्यसरी नै उपहारहरू चढाइरहेछौ। तिमीले आफ्नो नानीहरूलाई आगोमा (असत्य देवताहरूको उपहार स्वरूप) हालिरहेकाछौ। तिमीले आफूलाई आज पनि अपवित्र मूर्तिहरूद्वारा अपवित्र बनाइरहेकाछौ। के तिमी साँच्चै सोच्छौ कि म तिमीलाई मकहाँ आएर आफ्नो सल्लाह माग्न दिन्छु? म परमप्रभु अनि मालिक हुँ। म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि म तिम्रो प्रश्नको उत्तर दिँदिन अनि तिमीलाई सल्लाह पनि दिँदिन।