Ezekiel 20:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब तिमीहरू छरपस्ट भएर गएका देशहरूबाट म तिमीहरूलाई बटुलेर फर्काई ल्याउनेछु, तब मेरो क्रोध र शक्ति तिमीहरूलाई देखाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूलाई शक्तिशाली हात र पसारेको पाखुराद्वारा क्रोध खन्याउँदै जाति-जातिहरूका बीचबाट निकालेर ल्याउनेछु, र तिमीहरू छरपष्ट भएका देशहरूबाट म तिमीहरूलाई भेला गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूलाई भेला गर्नेछु, जुन देशहरूमा तिमीहरू छरपस्ट भएका छौ। म तिमीहरूलाई शक्तिशाली हात र फैलिएको पाखुरा र पोखिएको क्रोधसँग जाति-जातिहरूका बीचबाट निकालेर ल्याउनेछु।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूलाई ती अन्य राष्ट्रहरूबाट निकाल्नेछु। जहाँ तिमीहरूले अरू राष्ट्रका मानिसहरूको माझ छरिएर बसेकाछौ म तिमीहरूलाई बटुल्नेछु। म मेरो शक्तिशाली हात उठाएर यसो गर्नेछु अनि तिमीहरूलाई दण्ड दिनेछु। म मेरो क्रोध तिमीहरूका विरूद्ध खन्याउनेछु।