Ezekiel 20:38 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूका बीचबाट पापी र विद्रोहीहरूलाई छुट्ट्याउनेछु। अहिले बास गरेका देशहरूबाट म तिनीहरूलाई निकाल्‍नेछु तर इस्राएल देशमा पस्‍न भने दिनेछैनँ। त्‍यसपछि तिमीहरूले जान्‍नेछौ कि म नै परमप्रभु हुँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूमध्‍येका विद्रोह गर्नेहरू र मेरो विरुद्धमा अपराध गर्नेहरूलाई म अलग गर्नेछु। तिनीहरू प्रवासी भएर बसेको देशबाट म तिनीहरूलाई निकालेर ल्‍याउनेछु, तापनि तिनीहरू इस्राएलको देशमा पस्‍न पाउनेछैनन्‌। तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूलाई मलाई विरोध गर्नेहरू र मेरो विरुद्धमा विद्रोह गर्नेहरूबाट शुद्ध गर्नेछु। यद्यपि म तिनीहरू बसिरहेका देशबाट तिनीहरूलाई निकालेर ल्याउनेछु, तर पनि तिनीहरू इस्राएलमा प्रवेश गर्न पाउनेछैनन्। तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ।
Nepali ERV (पवित्र बाइबल)
म जो मेरो विरूद्धमा खडा हुन्छ अनि जसले मेरो विरूद्ध पाप गरेको छ तिनीहरू सबैलाई टाढा पठाउँनेछु। म तिनीहरू सबैलाई तिमीहरूको जन्म-भूमिबाट टाढा पठाउँनेछ। तिनीहरू इस्राएल भूमिमा फेरि कहिल्यै फर्केर आउँने छैनन्। तब तिमीले जान्ने छौ म नै परमप्रभु हुँ।”