Ezekiel 20:39 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभुले भन्नुभयो, “अब हे सबै इस्राएलीहरू हो, तिमीहरूले आफ्नो खुसी गर! जाओ, आ-आफ्ना मूर्तिहरूको पूजा गर! तर म तिमीहरूलाई यो चेतावनी दिंदछु कि अब उसो तिमीहरूले मेरा कुरा मान्नुपर्छ र ती मूर्तिहरूलाई भेटी चढाई मेरो पवित्र नामको अनादर गर्न बन्द गर्नुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘हे इस्राएलका घराना, परमप्रभु परमेश्वर तिमीहरूलाई यसो भन्नुहुन्छ: जाओ, तिमीहरू हरेकले आ-आफ्नो मूर्तिहरूलाई पुज। तर तिमीहरूले निश्चय नै मेरो कुरा पछि सुन्नेछौ, र तिमीहरूले मेरो पवित्र नाउँलाई आफ्ना उपहारहरू र मूर्तिहरूले फेरि कहिल्यै अपवित्र गर्नेछैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तिमीहरूको बारेमा हे इस्राएलका मानिसहरू हो, प्रभु याहवेह यसो भन्नुहुन्छ: जाओ र हरेकले आफ्ना मूर्तिहरूको सेवा गर! तर पछिबाट तिमीहरूले निश्चय नै मेरा कुरा सुन्नेछौ, र मेरो पवित्र नामलाई तिमीहरूका उपहारहरू र मूर्तिहरूद्वारा कहिल्यै पनि अपवित्र तुल्याउनेछैनौ।
Nepali ERV (पवित्र बाइबल)
हे इस्राएलका परिवार! अब सुन, परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “यदि कुनै मानिसले तिमीहरूको अपवित्र मूर्तिहरूको पूजा गर्ने इच्छा गर्यो भने, त्यसलाई जान देऊ अनि पूजा गर्न देऊ। तर पछि त्यसले नसोच्नु कि तिमीले मदेखि कुनै सल्लाह पाउँछु। तिमीले मेरो नाम भविष्यमा अझै ज्यादा अपवित्र पार्न सक्नेछैनौ। त्यस समय होइन, जब तिमी आफ्नो अपवित्र मूर्तिलाई भेटी दिन जारी राख्छौ।”