Ezekiel 20:40 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस देशमा, मेरो पवित्र डाँडामा, इस्राएलको उच्‍च डाँडामा, तिमी इस्राएलका मानिसहरू सबैले मलाई पुज्‍नेछौ। म तिमीहरूसित प्रसन्‍न हुनेछु अनि तिमीहरूले आफ्‍ना बलिदानहरू, सबैभन्दा उत्तम भेटी तथा पवित्र दानहरू मकहाँ ल्‍याउनेछौ भन्‍ने म चाहनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, यस देशमा इस्राएलका जम्‍मै घरानाले मेरो पवित्र पर्वत, इस्राएलको अल्‍गो पर्वतमा मेरो सेवा गर्नेछन्, र त्‍यहाँ म तिनीहरूलाई ग्रहण गर्नेछु। त्‍यहीँ नै म तिमीहरूका भेटीहरू, तिमीहरूका सबैभन्‍दा उत्तम उपहारहरू, तिमीहरूका सबै पवित्र बलिदानहरूसमेत म चाहनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि मेरो पवित्र पर्वतमा, इस्राएलको अग्लो पर्वतमा, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, त्यहाँ त्यस देशमा इस्राएलका सारा मानिसहरूले मेरो सेवा गर्नेछन्, र त्यहाँ म तिनीहरूलाई ग्रहण गर्नेछु। त्यहाँ म तिमीहरूका अति उत्तम उपहारहरूका साथै तिमीहरूका सबै पवित्र बलिदानहरू ग्रहण गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “मानिसहरू मेरो पवित्र पर्वत-इस्राएलको अग्लो पर्वतमा मेरो सेवाको निम्ति आउनुपर्छ। इस्राएलको पुरै परिवार आफ्नो भूमिमा हुनेछन्, त्यहाँ तिनीहरूको देश हुनेछ। त्यो त्यही ठाँउ हो जहाँ तिमीहरू मलाई सल्लाह माग्नु आउनु सक्छौ अनि मलाई भेटी चढाउनु तिमीहरू त्यस स्थानमा आउँनु पर्छ। तिमीहरूले आफ्नो फसलको पहिलो भाग त्यो स्थानमा ल्याउनु पर्छ। तिमीहरूले आफ्नो सबै पवित्र भेटी त्यहीं ल्याउनु पर्छ।