Ezekiel 20:41 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू छरपस्ट भई बसोबास गरेका देशहरूबाट बटुली निकालेर ल्याएपछि म तिमीहरूका होमबलिहरू ग्रहण गर्नेछु र जाति-जातिहरूले म पवित्र छु भनी जान्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब म तिमीहरूलाई जाति-जातिहरूबाट निकालेर ल्याउनेछु र तिमीहरू छरपष्ट भएका देशहरूबाट भेला गराउनेछु, तब तिमीहरूलाई बास्ना आउने धूपझैँ ग्रहण गर्नेछु, र जाति-जातिहरूका दृष्टिमा तिमीहरूका बीचमा म आफैलाई पवित्र प्रकट गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब म तिमीहरूलाई जातिहरूबाट निकालेर तिमीहरू छरपस्ट भएका देशहरूबाट भेला गर्नेछु, तब म तिमीहरूलाई सुगन्धित धूपझैँ ग्रहण गर्नेछु; अनि जातिहरूको दृष्टिमा म तिमीहरूका बीचमा पवित्र प्रमाणित हुनेछु।
Nepali ERV (पवित्र बाइबल)
तब तिमीहरूको सुगन्धित बलिदानहरूमा म प्रसन्न हुनेछु। यो सबै त्यस बेला हुनेछ जब म तिमीलाई फर्काई ल्याउँनेछु। मैले तिमीहरूलाई विभिन्न राष्ट्रहरूमा छरपष्ट पारें। तर म तिमीहरूलाई फेरि एकै ठाँउमा भेला गर्छु अनि फेरि तिमीहरूलाई आफ्नो विशेष मानिसहरू बनाउँनेछु अनि सबै राष्ट्रले यो देख्नेछन्।