Ezekiel 20:42 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूका पुर्खाहरूलाई दिन्‍छु भनी प्रतिज्ञा गरेको इस्राएल देशमा जब म तिमीहरूलाई फर्काई ल्‍याउनेछु, तब तिमीहरू जान्‍नेछौ कि परमप्रभु म नै हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब म तिमीहरूलाई इस्राएल देशमा ल्‍याउनेछु, जुन देश दिनलाई मैले मेरो हात उचालेर तिमीहरूका पिता-पुर्खाहरूसित शपथ खाएको थिएँ, तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब म तिमीहरूलाई इस्राएल देशमा ल्याउनेछु, जुन देश मैले तिमीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी हात उचालेर शपथ खाएको थिएँ, तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ।
Nepali ERV (पवित्र बाइबल)
तब तिमीले बुझ्छौ म नै परमप्रभु हुँ यो तिमीहरूले त्यस बेला थाहाँ पाउछौ जब म तिमीहरूलाई इस्राएलमा लिएर आउँछु। यो त्यही देश हो जुन मैले तिमीहरूको पिता-पुर्खाहरूलाई दिने वचन दिएको थिएँ।