Ezekiel 20:44 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब म आफ्नो सम्मानको सुरक्षा गर्ने काम गर्छु, तिमी इस्राएलीहरूले जान्नेछौ कि म परमप्रभु हुँ किनभने म तिमीहरूका दुष्ट र खराब कामअनुसार उचित व्यवहार तिमीहरूसित गर्नेछैनँ।” यसरी सार्वभौम परमप्रभु बोल्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे इस्राएलका घराना, तिमीहरूका दुष्ट चाल र तिमीहरूका भ्रष्टाचारअनुसार होइन, तर मेरो नाउँको खातिर म जब तिमीहरूसित व्यवहार गर्नेछु, तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ, परमप्रभु परमेश्वर भन्नुहुन्छ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे इस्राएलका मानिसहरू हो, मैले तिमीहरूसँग तिमीहरूका दुष्ट चालहरू र तिमीहरूका भ्रष्ट कामहरूअनुसार होइन, तर जब म मेरो नामको खातिर व्यवहार गर्छु, तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्नेछौ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ”
Nepali ERV (पवित्र बाइबल)
हे इस्राएलको परिवार! तिमीहरूले धेरै दुष्ट कामहरू गर्यौ। तिमीहरूलाई त्यो अपवित्र अभ्यासहरूको निम्ति नष्ट गरिनेछ। तर आफ्नो नामको खातिर म तिमीहरूलाई त्यो दण्ड दिनेछैन जसको पात्र तिमीहरू छौ। त्यसपछि तिमीले थाहा पाउँनेछौ कि म परमप्रभु हुँ।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।