Ezekiel 20:47 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभु के भन्‍नुहुन्‍छ, त्‍यो दक्षिणको जङ्गललाई सुना। हेर्‌! म आगो लाउनेछु र तिमीहरूमा भएका सुखा-काँचा सबै रूखहरू भस्‍म पार्नेछु। कुनै कुरोले त्‍यो आगो निभाउन सक्‍नेछैन। त्‍यो दक्षिणबाट सल्‍केर उत्तरतिर जानेछ र त्‍यसको ज्‍वालाको राप प्रत्‍येकले थाहा गर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दक्षिण देशको वनलाई भन्‌: ‘परमप्रभुको वचन सुन्‌। परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म तँमा आगो सल्‍काउन लागेको छु, र तेरा हरिया रूख र सुकेका रूखलाई त्‍यसले वशमा पार्नेछ। त्‍यसको दन्‍केको ज्‍वाला निभ्‍नेछैन, र त्‍यसद्वारा दक्षिणदेखि उत्तरसम्‍मै हरेकको मुख डढ्‌नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दक्षिणको जङ्गललाई भन्: ‘याहवेहको वचन सुन्। प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हेर्, मैले तँलाई आगो लगाउन आँटेको छु; अनि यसले तेरा सबै हरिया रूखहरू र सबै सुक्खा रूखहरू भस्म पार्नेछ। त्यो दन्केको आगोको ज्वाला कसैले निभाउन सक्नेछैन र दक्षिणबाट उत्तरसम्मका सबैका अनुहार आगोको ज्वालाद्वारा पोल्नेछ।
Nepali ERV (पवित्र बाइबल)
नेगेव जङ्गललाई भन, ‘परमप्रभुको समाचार सुन। परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नु भयो ध्यान देऊ, म तिम्रो जङ्गलमा आगो लगाउनेछु। आगोले प्रत्येक वृक्ष अनि प्रत्येक सुख्खा वृक्षलाई नाश पार्नेछ। त्यसको दन्केको ज्वाला निभ्नेछैन। दक्षिणबाट उत्तर सम्म सम्पूर्ण देश आगाले जलाइनेछ।