Ezekiel 20:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म जे भन्दै छु। त्यो तिनीहरूलाई सुना। जुन दिन मैले इस्राएललाई चुनें, तिनीहरूलाई एउटा प्रतिज्ञा दिएँ। मैले तिनीहरूलाई मिश्रमा दर्शन दिएँ र भनें, ‘म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिनीहरूलाई भन्: ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ‘जुन दिन मैले इस्राएललाई छानें, त्यसै दिन याकूबको घरानासित मैले हात उठाएर शपथ खाएँ र मैले आफैलाई तिनीहरूका बीचमा प्रकट गरें। मैले हात उठाएर तिनीहरूलाई भनें, “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र तिनीहरूलाई भन्: ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: जुन दिन मैले इस्राएललाई चुनेँ, र मैले आफ्नो हात उचालेर याकोबका सन्तानहरूसँग शपथ खाएँ; अनि आफूलाई इजिप्टमा प्रकट गर्दै मैले आफ्नो हात उचालेर तिनीहरूलाई भनेँ, “म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।”
Nepali ERV (पवित्र बाइबल)
तिमीले तिनीहरूलाई भन्नुपर्छ, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ जुन दिन मैले इस्राएललाई छाने, मैले आफ्नो हात याकूबको परिवारको विरूद्ध उठाएँ अनि मैले तिनीहरूलाई मिश्रमा भाकल गरें। मैले आफ्नो हात उठाएँ अनि भनें, “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।