Ezekiel 21:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए मरणशील मानिस, विलाप गर्, मेरा प्रजा तरवारले मर्नेछन्, इस्राएलका अगुवाहरू पनि त्यही तरवारले मर्नेछन्, मेरा प्रजा साथसाथ सबै मर्नेछन्, निराशाको भारले छाती पिट्दै विलाप गर्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे मानिसको छोरो, करा र विलाप गर्, किनभने त्यो मेरो प्रजाको विरुद्धमा चल्नेछ, त्यो इस्राएलका सबै राजकुमारका विरुद्धमा चल्नेछ। मेरो प्रजासितै तिनीहरू पनि तरवारमा सुम्पिएका छन्। यसकारण तैंले आफ्नो छाती पिट्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मानिसको छोरा, चर्कोगरी करा र विलाप गर्; किनकि यो मेरा प्रजाको विरुद्धमा छ; यो इस्राएलका सबै राजकुमारहरूको विरुद्धमा छ। तिनीहरू मेरा प्रजाहरूसँगै तरवारमा फ्याँकिएका छन्। यसकारण तँ विलाप गर।
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरो! चिच्याऊ अनि कराऊ। किन? किनकि तरवारको उपयोग मेरा मानिसहरू अनि इस्राएलको सबै शासकहरूको विरूद्धमा हुन्छ। ती अगुवाहरू मेरो मानिसहरूसितै तरवारद्वारा मारिनेछन्। यसकारण, तिमीले आफ्नो छाती पीट।